वि.सं.२०८३ वैशाख ६ आइतवार

सातदिन भित्र देश छाड्न इरानी राजदूतलाई अस्ट्रेलियाको आदेश, यहूदी लक्षित आक्रमणको आरोप

प्रधानमन्त्री अल्बानीजले आफ्नो सरकारले इरानको इस्लामिक रिभोलुसनरी गार्ड कोर्प्स (IRGC) लाई पनि आतंकवादी संगठनको रूपमा तोक्ने बताएका छन् ।

khanepani

काठमाडौँ । अस्ट्रेलियाले इरानका राजदूतलाई निष्कासन गर्ने बताएको छ । इरानले सिड्नी र मेलबर्नमा यहूदी–विरोधी आक्रमणलाई पूरा गर्न निर्देशन दिएको अस्ट्रेलियाको आरोप छ ।

अस्ट्रेलियाका प्रधानमन्त्री एन्थनी अल्बनीजले भनेका छन्, ‘यो आक्रमण एक बाहिरी देशका तर्फबाट अस्ट्रेलियाको भूमिमा भएको असाधारण र खतरनाक आक्रामक काम हो ।’

अन्तर्राष्ट्रिय समाचार संस्था बीबीसीका अनुसार अस्ट्रेलियाको सुरक्षा गुप्तचर संगठनका प्रमुख माइक बर्गेसले आफ्नो एजेन्सीको आकलन अनुसार इरानी सरकारले यहूदी समुदायलाई निशाना बनाउने काम कम्तिमा दुई वा त्यो भन्दा बढी आक्रमण गर्ने निर्देशन दिएको दाबी गरेका छन् ।

इरानले आफ्नो संलग्नता लुकाउन खोजरहे पनि गत वर्षको अक्टुबर २० मा सिड्नी र डिसेम्बर ६ मा मर्लबर्नमा भएको आक्रमणमा इरानको संलग्नता रहेको बर्गेसको दाबी छ ।

यस्तै अस्ट्रेलियाकी विदेश मन्त्री पेनी वोङले दोस्रो विश्वयुद्ध पनि अस्ट्रेलियाले कुनै पनि देशका राजदूतलाई निष्कासन गरिएको यो पहिलो पटक भएको बताएकी छिन् ।

वोङले तेहरानसँग अस्ट्रेलियाले केही कुटनीतिक सम्बन्ध कायम राख्ने तर कर्मचारीहरुको सुरक्षाका लागि इरानमा रहेको आफ्नो दूतावासको कामकारबाही भने स्थगित गरिएको बताएकी छिन् । यस्तै अस्ट्रेलियाका नागरिकलाई इरानको यात्रा नगर्न आग्रह गरेकी छिन् ।

यस्तै प्रधानमन्त्री अल्बानीजले आफ्नो सरकारले इरानको इस्लामिक रिभोलुसनरी गार्ड कोर्प्स (IRGC) लाई पनि आतंकवादी संगठनको रूपमा तोक्ने बताएका छन् ।

अस्ट्रेलियाका लागि इरानी राजदूत अहमद सादगी र अन्य तीन अधिकारीलाई सात दिनभित्र अस्ट्रेलिया छाड्न आदेश दिइएको छ । इरानले अहिलेसम्म अस्ट्रेलियाको यो कारबाहीबारे कुनै प्रतिक्रिया दिएको छैन ।

ranechhap