काठमाडौँ । खानेपानी मन्त्रालयले खानेपानी तथा सरसफाइ मन्त्रालयले खानेपानी तथा ढल व्यवस्थापन विभागको महानिर्देशकमा त्रिरेशप्रसाद खत्रीलाई सरुवा गरेको छ ।
मेलम्ची खानेपानी आयोजना प्रमुखको जिम्मेवारी सम्हाल्दै आएका खत्रीलाई विभागको जिम्मेवारी दिइएको हो ।
काठमाडौँ उपत्यका खानेपानी लिमिटेड(केयूकेएल)को बोर्डको अध्यक्षसमेत रहेका खत्री यसअघि मेलम्ची खानेपानी आयोजना कार्यान्वयन निर्देशनालयको आयोजना प्रमुखको जिम्मेवारी कुशलतापूर्वक निर्वाह गरिसकेका छन । खानेपानीका क्षेत्रमा कुशल कर्मचारीको पहिचान बनाउन सफल खत्री प्राप्त जिम्मेवारीलाई अत्यन्त संबेदनशिल ढंगले कार्यसम्पादन सर्न सक्षम छन । उनले आज भन्दा अगाडि नेतृत्व गरेका योजना र आयोजनाहरुले राम्रो रिर्जल्ट समेत दिइसकेका छन ।