वि.सं.२०८३ वैशाख ३ बिहीवार

रक्त क्यान्सरबाट पीडित अढाई वर्षीय बालकको जीवन रक्षाका लागि आर्थिक सहयोगको अपिल

khanepani

काठमाडौं । दार्चुलाको लेकम गाउँपालिका, सर्मोली गाजरीका अढाई वर्षिय बालक रक्त क्यान्सरबाट पीडित बनेका छन् । शेर सिंह बोहरा र जानकी बोहराका अढाई वर्षीय छोरा अनमोल बोहरा रक्त क्यान्सर जस्तो घातक रोगबाट ग्रसित भई जीवन र मरणको दोसाँधमा रहेका हुन् । उनको जीवन रक्षाका लागि परिवारले आर्थिक सहयोगको हार्दिक अपिल गरेको छ ।

अढाई वर्षीय अनमोललाई सुरुमा धनगढीस्थित सेती अस्पतालमा उपचारका लागि लगिएको थियो । तर, त्यहाँ उपचार सम्भव नभएपछि हाल उनलाई महाराजगन्जस्थित कान्ति बाल अस्पतालमा भर्ना गरी उपचार गराइरहेका छन् ।

अनमोलकी दिदि लक्ष्मीका अनुसार डाक्टरले अर्को हप्ताबाट केमियोथेरापी गराउनुपर्ने भनेका छन् । डेढ हप्ता आईसीयूमा राखेर उपचार गरिएको थियो । ज्वरो आउने, खाना खान मन नलाग्ने, वाकवाकी हुने जस्ता समस्या भएपछि उनलाई धनगढीस्थित सेती अस्पताल लगिएको थियो । त्यहाँ उपचार सम्भव नभएपछि थप उपचारका लागि काठमाडौं रिफर गरिएको लक्ष्मीले बताइन ।

आर्थिक अवस्था अत्यन्तै नाजुक रहेको बोहरा परिवारले आफन्त र इष्टमित्रबाट पाएको आर्थिक सहयोग पनि उपचार खर्चमा सकिइसकेको बताएका छन् । ‘घरको आर्थिक अवस्थाका कारण अब हाम्रो सानो बच्चाको कसरी उपचार गर्ने भन्ने चिन्ताले हामी आमाबुवा पनि थला परेका छौँ,’ अनमोलकी आमा जानकी बोहराले भनिन् । उनीहरूले आफ्नो सानो बच्चाको ज्यान बचाउन सबैले आ–आफ्नो ठाउँबाट सक्दो सहयोग गरिदिनुहुन आग्रह गरेका छन् ।

घरमा अनमोनलका बुबा समेत दम रोगबाट ग्रसित छन । जानकीलाई एकातिर छोराको उपचार गराउन समस्या छ भने अर्कोतिर घरमा दमरोगी श्रीमानको अवस्थाले समेत थप चिन्तित बनाएको छ ।

अनमोलको उपचारका लागि सहयोग गर्न इच्छुक महानुभावहरूले लक्ष्मी बोहरा (दिदी) को ग्लोबल आईएमई बैंक, गोकुलेश्वर शाखामा रहेको खाता नम्बर २०१०७०१०१०८९७३ मा आर्थिक सहयोग जम्मा गर्न सक्नेछन्। थप जानकारीका लागि ९७६२३०६७१६ मा सम्पर्क गर्न सकिनेछ ।

ranechhap