वि.सं.२०८३ वैशाख ८ मंगलवार

मेची भन्सारबाट एकै महिनामा ३२ करोड भन्दा बढीको अलैँची भारत निर्यात

khanepani

झापा । मेची भन्सार कार्यालयबाट चालु आर्थिक वर्ष २०८२/८३ को पहिलो महिना साउनमा अलैँची निर्यात ९९ दशमलव ५० प्रतिशतले बढेको छ । कार्यालयको तथ्याङ्क अनुसार गत साउन महिनामा रु ३२ करोड १७ लाख ६१ हजार बराबरको अलैँची निर्यात भएको हो ।

गत एक महिनाको अवधिमा २१६ दशमलव १५ मेट्रिक टन अलैँची निर्यात भएको मेची भन्सार कार्यालयका सूचना अधिकारी ईश्वरकुमार हुमागाईंले जानकारी दिए । अघिल्लो आव २०८१÷८२ मा रु १६ करोड १२ लाख ५२ हजार बराबरको अलैँची निर्यात भएको उनले बताए ।

कार्यालयको तथ्याङ्क अनुसार चालु आवको साउन महिनामा चिया निर्यात २६ दशमलव ८० प्रतिशतले घटेको छ । सो अवधिमा रु ३७ करोड ४८ लाख २४ हजार बराबरको चिया निर्यात भएको छ ।

अघिल्लो आर्थिक वर्ष २०८१/८२ को सोही अवधिमा रु ५१ करोड २२ लाख ७८ हजार बराबरको चिया निर्यात भएको सूचना अधिकारी हुमागाईंले जानकारी दिए। कार्यालयको तथ्याङ्कअनुसार निर्यात हुने मुख्य वस्तुहरुमा भेनियर सिट ३० दशमलव ४० प्रतिशत, छुर्पी ९२ प्रतिशत, धातुका अन्य अवशेष शत् प्रतिशत, काउली, ब्रोकाउली र बन्दाकोपी ८९ प्रतिशतले वृद्धि भएको छ ।

यसैगरी, प्लाइउड ५४ दशमलव १० प्रतिशत, अदुवा ५७ दशमलव ४० प्रतिशत, अम्रिसो शून्य दशमदव ६० प्रतिशतले निर्यातमा कमी आएको छ । मेची भन्सारबाट आर्थिक वर्ष २०८२/८३ को साउन महिनामा रु तीन अर्ब ६९ करोड ४० लाख २३ हजारको मालवस्तु निर्यात भएको छ ।

ranechhap