काठमाडौँ । विद्रोही नेकपा एकता राष्ट्रिय अभियानका महेन्द्र अर्यालसहितका नेताहरू एकीकृत समाजवादीमा समाहित हुने भएका छन् ।
यस अघि वामदेव गौतम नेतृत्वको अभियानमा रहेका अर्यालसहितका नेताहरू २०८१ माघमा वामदेव एमाले प्रवेश गर्न लागेको भन्दै अभियानबाट अलग्गिएका थिए । अर्याल वामदेव नेतृत्वको नेकपा एकता राष्ट्रिय अभियानका त्यसवेला लुम्बिनी प्रदेश इन्चार्ज रहेका थिए ।
गौतमलाई एमालेले वास्ता नगरेपछि पुन उनीपनि एकीकृत समाजवादीमा आएसँगै अर्यालसहितका नेता कार्यकर्ता सोही पार्टीमा समाहित हुन लागेका हुन् ।
एकीकृत समाजवादीका उपाध्यक्ष तथा प्रचार विभाग प्रमुख प्रकाश ज्वालाले विद्रोही नेकपा एकता राष्ट्रिय अभियानका नेता कार्यकर्तालाई शुक्रबार पार्टीमा स्वागत गरिने बताए ।








































