सिराहा । नेपाल इँटा उद्योग महासङ्घ मधेस प्रदेशको जनकपुरमा सम्पन्न दोस्रो अधिवेशन तथा तेस्रो साधारणसभाले सर्वसम्मत रुपमा पुनः विक्राम साहको अध्यक्षतामा १७ सदस्सीय प्रदेश समिति चयन गरेको छ ।
समितिको बरिष्ठ उपाध्यक्षमा नवलकिशोर साह, उपाध्यक्ष सञ्जय चौधरी, महासचिव अशोक जयसवाल, कोषाध्यक्ष रामबाबु पञ्जीयार चयन भएका छन् ।
त्यसैगरी, सदस्यहरुमा मो.मुसलिम मिया र कृष्ण देव पण्डित सप्तरी, पुनम चौधरी र रामकृपाल यादव सिराहा, लक्ष्मण राय यादव धनुषा, मनोस साह महोत्तरी, विष्णु प्रसाद मैनाली सर्लाही, गेनालाल प्रसाद, बेदे आले रौतहट, ओमप्रकाश यादव वारा र गौरी शंकर साह पर्सा चयन भएका छन् ।
अधिवेशनले तीन सदस्सीय सल्लाहकार समिति गठन गरेको छ । सल्लाहकार समितिमा अवदुल हकिम, मोहन साह र शिव पुजन साह रहेका छन् । अधिवेशनमा मधेस प्रदेशका ८ जिल्लाबाट करिब २ सय व्यवसायीहरुको सहभागी भएका थिए ।








































