वि.सं.२०८१ चैत ११ सोमवार

प्रधानमन्त्री केपी शर्मा ओलीले बोलाए संवैधानिक परिषद्को बैठक, लोकसेवा आयोग र अख्तियारका रिक्त पदमा नियुक्ती हुने सम्भावना

काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीले संवैधानिक परिषद्को बैठक बोलाएका छन् ।

२६ गते आइतबार बिहान ९ बजेलाई बोलाएको परिषद्को बैठकले लोक सेवा आयोग, अख्तियार दुरुपयोग आयोग लगायतका संवैधानिक आयोगहरूमा नयाँ नियुक्ति सम्बन्धी निर्णय गर्ने सम्भावना छ ।

लोक सेवा महिनौँदेखि पदाधिकारीविहीन छ भने अख्तियार दुरुपयोग अनुसन्धान आयोगमासमेत दुई पदाधिकारीको पद खाली छ ।