वि.सं.२०८१ फागुन ३ शनिवार

‘कसैले फुटाउन खोज्यो भने चोइटिएर जाला तर कम्युनिष्ट पार्टी फुट्नेवाला छैन’:माधव नेपाल

काठमाडौं । सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का वरिष्ठ नेता माधवकुमार नेपालले आफूसँगै आन्दोलनलाई समाप्त पार्ने मुर्खता नगर्न नेताहरुलाई चेतावनी दिएका छन् ।

पुष्पलाल श्रेष्ठ र नरबहादुर कर्माचार्यको स्मृति दिवसको अवसरमा शुक्रबार आयोजित कार्यक्रममा नेता नेपालले भने विधिको पालना नगरेर मै स्टेट हुँ भनेर आफूलाई सर्वोपरी ठान्न थालियो भने पतन हुने बताए ।

‘यदि हामी कोही त्यस्तो विचार र प्रवृत्तिमा चुर्लुम्म डुबेको छ भने त्यसबाट उम्कियौं, जोगियौं’ उनले भने, समय त छ तर धेरै ढिला हुन थालिसकेको छ ।’

पार्टी नेता कार्यकर्तामा कम्युनिष्ट पार्टी फुट्छ किन भन्ने चिन्ता रहेको भन्दै उनले पार्टी फुट्दैन बताए । ‘कसैले फुटाउन खोज्यो भने चोइटिएर जाला तर कम्युनिष्ट पार्टी फुट्नेवाला छैन’ उनले भनेका छन् ।

Untitled