वि.सं.२०८३ वैशाख १८ शुक्रवार

अर्थ समितिका सभापति सन्तोष चालिसेले भन्छन्, ‘पैसा खाएकालाई थुन्ने होइन, तिराउने हो’

khanepani

काठमाडौं । अर्थ समितिका सभापति सन्तोष चालिसेले विद्यमान कानूनहरूमाथि प्रश्न उठाएका छन् । अहिलेका कानूनहरू थुनेर कुरा सुन्ने खालका रहेको बताउँदै त्यसले निकास नदिने उनको भनाइ थियो ।

बुधवारको अर्थसमितिको बैठकमा उनले कसैले पैसा खाएको छ भने त्यसलाई थुनेर नभई बाहिर राखेर पैसा तिर्न लगाउनुपर्ने धारणा राखे ।

‘यस्ता कानून बनाउने को हो यो ? पैसा कसैले खाएको छ भने उसलाई तिराउने हो नि । थुन्ने होइन नि,’ सभापति चालिसेले भने, ‘कसैले कसैको पैसा खाएको छ भने पैसा तिराउने वातवरण हाम्रा कानूनले बनाइदिनुपर्छ ।’

उनले २५ हजार भन्दा बढी भारतीय रुपैयाँ ल्याउने कानून ठिक नभएको समेत बताउँदै त्यस्तो प्रावधान संशोधन गर्नेगरी भन्सार विधेयक अघि बढाइने स्पष्ट पारे ।

‘उसले पैसा नपाएर रुवाबासी, यता थुनिने थुनभित्र रुवाबासी गर्नुपर्ने । त्यो पनि हुन्छ कहीँ । कसैले बद्मासी गरेको छ भने सम्पती रोक्का गरेर भएपनि हामीले तिनैपर्छ भन्नुपर्छ । थुन्नु हुँदैन । बाहिर राख्नुपर्छ । थुनेर के फाइदा हुन्छ । कसलाई फाइदा हुन्छ ?,’ उनले भने ।

बुधवारको अर्थसमिति बैठकले वैकल्पिक वित्तसम्बन्धि विधेयकलाई सर्वसम्मती रुपमा पारित गरेको छ । उक्त विधेयकलाई आगामी संसद बैठकमा समिति सभापति चालिसेले सदनमा प्रश्तुत गर्नेछन् ।

ranechhap