वि.सं.२०८३ वैशाख १८ शुक्रवार

अमेरिका पठाइदिने भन्दै करोडौ उठाएको आरोपमा रूकुमका एकजना पक्राउ

khanepani

दाङ । मानव तस्करीको आरोपमा प्रहरीले एकजनालाई तुलसीपुरबाट पक्राउ गरेको छ ।

मानव तस्करीको उजुरी परेपछि मानव बेचबिखन अनुसन्धान ब्युरोको आग्रहमा इप्रका तुलसीपुरले बुधबार तुलसीपुरबाट शेरबहादुर वलीलाई पक्राउ गरेको हो । पक्राउ परेका वली रूकुम पश्चिमको सानोभेरी २ का बासिन्दा हुन् ।

अमेरिका पठाउने भन्दै करोडौं रकम असुलेको आरोपमा उनीविरूद्ध मुद्दा दर्ता भएको छ । सोही अभियोगमा सानोभेरी-७ का शशीराम रावत भने अझै फरार छन् ।

ranechhap