काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीले उपसभामुख इन्दिरा राना मगरलाई हटाउन कांग्रेस र एमालेले अघि बढाएको प्रयासप्रति आपत्ति जनाएको छ।
प्रतिनिधि सभाको बैठकमा बोल्दै प्रमुख सचेतक सन्तोष परियारले नयाँहरूलाई निषेध गर्न खोजेको आरोप लगाए।
उनले भने, ‘उहाँले जति सम्मान पाउनुभएको छ तपाईँहरू जति उफ्रे पनि त्यति माथि पुग्न सक्नुहुन्न। विवेकलाई बन्दी नबनाऔँ सांसद आफैँमा सार्वभौम हो। सांसदको विवेकलाई हस्ताक्षरमा परिणत गरेर राजनीतिक स्वार्थ पूर्ति गर्ने मुद्दा नबनाऔँ।’
उनले आफूहरूलाई कमजोर बनाउने खोजिए पनि निषेध गर्न कुनै हालतमा नसक्ने बताए। उनले सदनमाथि बारम्बार भइरहेको आक्रमण टुलुटुलु हेरेर बस्न नसक्ने चेतावनी दिए।








































