वि.सं.२०८३ वैशाख १८ शुक्रवार

वीरगन्ज महानगरपालिकाका पूर्वमेयर प्रदीप सुवेदी राप्रपामा प्रवेश

khanepani

पर्सा । वीरगन्ज महानगरपालिकाका पूर्वमेयर प्रदीप सुवेदी राप्रपामा प्रवेश गरेका छन्। राप्रपाका सांसद दीपक बहादुर सिंहले वीरगन्जमा आयोजित विस्तारित बैठकका क्रममा सुवेदीलाई पार्टीको सदस्यता प्रदान गर्दै पार्टीमा स्वागत गरेका हुन्।

लामो समय तत्कालीन राप्रपा नेपालमा सक्रिय सुवेदी पछिल्लो समय पार्टीगत रूपमा निष्क्रिय रहँदै आएका थिए। केन्द्रीय पर्यवेक्षकका रूपमा पर्सामा खटिएका नेता सिंहले वीरगन्जमा आयोजित जिल्लाको विस्तारित बैठकका क्रममा सुवेदीलाई पार्टी प्रवेश गराएका हुन्।

पार्टी प्रवेशपछि सुवेदीले हिन्दू राष्ट्र र राजसंस्था पुनर्स्थापना र देशको विद्यमान अवस्थामा परिवर्तन गर्न राप्रपालाई बलियो बनाउनुपर्ने, राप्रपालाई बलियो बनाउन समान विचार भएकाहरू सङ्गठित हुनुपर्ने आवश्यकता बोध गर्दै आफू राप्रपामा समाहित भएको बताए। देशभक्त राष्ट्रवादीहरू अलग अलग भएर नहुने उनको भनाइ छ।

विस्तारित बैठकले पर्साका सबै स्थानीय तहमा पार्टीको संरचना विस्तार गर्ने, कमिटी नभएका ठाउँमा कमिटी बनाउने निर्णय गरेको जिल्ला अध्यक्ष सुमेश्वरनाथ उपाध्यायले बताए।

निष्क्रिय रहेका कमिटीलाई सक्रिय तुल्याउने र समयमै स्थानीय तह, प्रदेश सभा समिति, क्षेत्रीय समिति र जिल्लाको अधिवेशन गर्ने पनि बैठकले निर्णय गरेको छ।

ranechhap