वि.सं.२०८३ वैशाख १८ शुक्रवार

नेपाली बजार दुई दिनमा २८ सयले घट्यो सुनको भाउ, चाँदी पनि सस्तियो

khanepani

काठमाडौ । दुई दिनमा सुनको भाउ २८ सय रूपैयाँले घटेको छ। मंगलबार प्रतितोला १२ सय रूपैयाँले घटेको सुनको मूल्य बुधबार थप घटेको हो।

नेपाल सुनचाँदी व्यवसायी महासंघको तथ्यांक अनुसार बुधबार सुन प्रतितोला एक लाख ९३ हजार पाँच सय रूपैयाँमा कारोबार भइरहेको छ।

सोमबार सुन प्रतितोला एक लाख ९६ हजार तीन सय रूपैयाँमा र मंगलबार एक लाख ९५ हजार एक सय रूपैयाँमा कारोबार भइरहेको थियो।

त्यस्तै, बुधबार चाँदीको मूल्य पनि अघिल्लो दिनको भन्दा ४५ रूपैयाँले घटेको छ।

मंगलबार प्रतितोला २३ सय रूपैयाँमा कारोबार भइरहेको चाँदी बुधबार प्रतितोला २२ सय ५५ रूपैयाँमा कारोबार भइरहेको छ।

अन्तर्राष्ट्रिय बजारमा आज सुन प्रतिऔंस ३३ सय १८ अमेरिकी डलरमा कारोबार भइरहेको छ भने चाँदी ३७.०९ अमेरिकी डलरमा कारोबार भइरहेको छ।

ranechhap