वि.सं.२०८३ वैशाख ८ मंगलवार

बूढानीलकण्ठ पुगेर भारतीय विदेश सचिव विक्रम मिस्रीले भेटे शेरबहादुर देउवालाई

khanepani

काठमाडौ । नेपाल भ्रमणमा रहेका भारतीय विदेश सचिव विक्रम मिस्रीले नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवासँग भेटवार्ता गरेका छन्।

बूढानीलकण्ठस्थित निवास पुगेर विदेश सचिव मिस्रीले सभापति देउवासँग शिष्टाचार भेटवार्ता गरेका हुन्। नेपाल-भारत सम्बन्धलाई थप सुदृढ बनाउने विषयमा छलफलमा कुराकानी भएको सभापति देउवाको सचिवालयले जनाएको छ।

विदेश सचिव मिस्री दुई दिने नेपाल भ्रमणका लागि आइतबार बिहान काठमाडौं आएका हुन्।

उनले यस अघि प्रधानमन्त्री केपी शर्मा ओली र प्रधानमन्त्री केपी शर्मा ओलीसँग शिष्टाचार भेटवार्ता गरेका थिए।

ranechhap