वि.सं.२०८३ वैशाख १० बिहीवार

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा यात्रुमाथि हुने अपमान बन्द गरौँ : सांसद ढकाल

khanepani

काठमाडौँ । नेकपा एमाले सांसद एकनाथ ढकालले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा यात्रुहरूलाई अपमान गर्ने काम बन्द गर्न सरकारको ध्यानाकर्षण गराएका छन् ।

सिंहदरबारमा शुक्रबार बसेको प्रतिनिधि सभाअन्तर्गतको अन्तर्राष्ट्रिय सम्बन्ध र पर्यटन समितिको बैठकमा बोल्दै उनले यात्रुहरू हरेकलाई ठग नै हो जस्तो गरी व्यवहार हुने गरेकोप्रति असन्तुष्टि जनाए ।

उनले यात्रुहरूमाथि दुर्व्यवहार गर्ने कार्य बन्द गर्न सरकारको ध्यानाकर्षण गराए । अन्तर्राष्ट्रिय विमानस्थलबाट पाउनुपर्ने सेवा यात्रुहरूले पाउन नसकेको बताए ।

विमानस्थलमा यात्रुमाथि उनीहरूको आत्मसम्मानमा ठेस पुर्‍याउने काम भएको बताए । विमानस्थलमा नागरिक उड्डयन प्राधिकरण प्रमुखको शासन चल्ने गरेको भन्दै सरकारको ध्यानाकर्षण गराए ।

सांसद ढकालले विमानस्थल अस्तव्यस्त रूपमा सञ्चालन भइरहेको बताए ।

ranechhap