विराटनगर । बिहीबार विराटनगरको कोशी अस्पतालको आइसोलेसनमा भर्ना भएकी महिलाको मृत्यु भएको छ ।
श्वास प्रश्वासमा समस्या भएर आइसोलेसनमा भर्ना भएकी सुनसरी इनरुवा नगरपालिका–३ कि ४० वर्षकी महिलाको शुक्रबार मृत्यु भएको कोशी अस्पतालका मेडिकल सुपरिटेण्डेन्ट डा. चुमनलाल दासले जानकारी दिए ।
महिलाको मृत्यु भइसकेपछि मात्र स्वाब संकलन गरी परीक्षणका लागि पठाइएको छ । रिपोर्ट आउन बाँकी रहेको डा. दासले बताए ।
महिलाको शव आइसोलेसनमा नै राखिएको छ । हाल आइसोलेसनमा अन्य एकजना पुरुष र एक महिला पनि उपचाररत छन् ।