वि.सं.२०८३ वैशाख १३ आइतवार

ठमेलस्थित एक होटलबाट ११५ केजी बुद्धचित्तको दाना र साढे १२ लाख रकमसहित २ चिनियाँ नागरिक पक्राउ

khanepani

काठमाडौं । काठमाडौंको ठमेलस्थित एक होटलबाट ११५.६५ केजी वुद्धचित्तकाे दानासहित दुई जना चिनियाँ नागरिक पक्राउ परेका छन्।

पक्राउ पर्नेहरूमा ४६ वर्षीय लिउ जिङताव (पासपोर्ट नं. EM7565596) र २३ वर्षीय लिउ छिआ‍‍ओसुवा (पासपोर्ट नं. EK8567657) रहेका छन्। उनीहरुकाे साथबाट स्राेत नखुलेकाे १२ लाख ७० हजार रुपैयाँ समेत बरामद भएको प्रहरीले जानकारी दिएकाे छ ।

जिल्ला प्रहरी परिसर, काठमाडौंका अनुसार उनीहरूलाई बुधबार दिउँसो १ बजेमा ठमेलको जिङझिङ अन्तर्राष्ट्रिय होटलबाट पक्राउ गरिएको हो। उनीहरू होटल कोठा नं. ४०४ र ४०९ मा बसोबास गर्दै आएका थिए।

उक्त हाेटलबाट बुद्धचित्तकाे अवैध काराेबार गरिरहेकाे सूचनाकाे आधारमा उनीहरुलाई नगदसहित पक्राउ गरिएकाे जिल्ला प्रहरी परिसर काठमाडाैंका प्रवक्ता अपीलराज बाेहराले जानकारी दिए ।

प्रहरीले उनीहरूबाट नेपाली रुपैयाँ १२ लाख ७० हजार, १५५.६५ केजी बुद्धचित्त, ३ वटा मोबाइल फोन, र २ थान पासपोर्ट बरामद गरेको जनाएको छ। प्रहरीले उक्त रकम र सामग्रीहरू नियमविपरीत देखिएको भन्दै अनुसन्धान अघि बढाएको छ।

घटनाबारे थप अनुसन्धान गरिरहेको छ।

ranechhap