वि.सं.२०८१ चैत ३ आइतवार

उम्मेदवार टुंग्याउनेदेखि कारबाही फिर्ता हुन सक्ने, एमालको स्थायी कमिटी बैठक बस्दै

काठमाडौं । नेकपा एमाले को स्थायी कमिटी बैठक बस्दै छ।

स्थायी कमिटी सदस्य सुवास नेम्वाङले अहिले बालुवाटारमा हुन लागेको स्थायी कमिटी सदस्यहरुको अनौपचारिक छलफल भएको बताए।

बैठकमा वागमतीको रिक्त राष्ट्रिय सभा सदस्य उपनिर्वाचनको उम्मेदवार टुंग्याउनेदेखि माधव नेपाल पक्षका नेताहरुमाथिको कारबाही फुकुवा हुनेसम्मको निर्णय हुन सक्ने बताइएको छ।