वि.सं.२०८३ वैशाख १६ बुधवार

एउटा प्रदेशमा एउटा औद्योगिक पार्क निर्माण गर्न प्रक्रिया अघि बढाएका छौँ : मन्त्री भण्डारी

khanepani

काठमाडौँ । उद्योग वाणिज्य तथा आपूर्ति मन्त्री दामोदर भण्डारीले एक प्रदेशमा एक पार्क निर्माण गर्ने कार्य अघि बढेको जानकारी दिएका छन् । बुधबार प्रतिनिधिसभाको बैठकमा सांसदहरूले उठाएको प्रश्नको जवाफ दिँदै उनले उक्त जानकारी दिएका हुन् ।

‘नेपालको उद्योग क्षेत्रले बेहोरेको चुनौतीहरू समाधानका लागी मन्त्रालयले गर्नुपर्ने विषेशत औद्योगिक पूर्वाधार विशेषतः औद्योगिक ग्रामहरू औद्योगिक पार्कहरू विशेष आर्थिक क्षेत्र प्राधिकरण (सेज) छन्,’ उनले भने,‘जसले अहिले एउटा पालिका एउटा उद्योगका रूपमा १२० वटा औद्योगिक ग्रामहरू निर्माण भएको र त्यसमध्ये ३ वटा मात्रै सञ्चालनमा रहेको र यसैगरी सेज अन्तर्गत सिमरा,भैरहवा र पाँचखालमा छन् । भैरहवा र सिमरा सञ्चालनमा छन् ।’

मन्त्री भण्डारीका अनुसार सिमराको ब्लक ए मा उद्योग सञ्चालनमा छ । अरू प्लट सञ्चालनका लागि सरकारको तर्फबाट मन्त्री परिषद्ले पीपीपी मोडलबाट सञ्चालन गर्ने मन्त्रिपरिषद्ले निर्णय गरेको बताए । जसअनुरूप ठेक्का प्रक्रियामा सामेल भएको छ । पाँचखाल पीपीपी मोडलमा सञ्चालनका लागि प्रक्रिया अघि बढेको छ ।

यसैगरी अन्य औद्योगिक क्षेत्र र पार्कहरूका सञ्चालनका लागि सरकारले कामहरू गरिरहेको बताए ।

झापाको दमक औद्योगिक पार्क, बागमती प्रदेशमा मयुरधाप र शक्तिखोरमा लुम्बिनीको मोतीपुर र लक्ष्मीपुर यसैगरी नेपालगञ्जको नौवस्ता र सुदूरपश्चिमको दैजी क्षेला औद्योगिक क्षेत्र प्रक्रियागत रूपमा जग्गा प्राप्तिसँग सम्बन्धित समस्या रहेको बताए । वन मन्त्रालयले वन ऐनको धारा ३७ लाई संशोधन गरी जग्गा प्राप्ति र वनसँग सम्बन्धित रहेका वातावरण प्रभाव मूल्याङ्कन प्रक्रिया अघि बढिरहेको उनको भनाइ थियो ।

एउटा प्रदेशमा एउटा औद्योगिक पार्क निर्माण गर्ने योजनाअनुरूप मन्त्रालयले प्रक्रिया अघि बढाएकोसमेत जानकारी दिए ।

ranechhap