वि.सं.२०८३ वैशाख १६ बुधवार

केही महिनाभित्रै लाखौँले लालपूर्जा पाउने गरी काम भइरहेको छ : मन्त्री अधिकारी

khanepani

काठमाडौँ । भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारणमन्त्री बलराम अधिकारीले भूमि समस्या समाधान आयोगका ७७ वटै जिल्ला शाखाहरूले भूमिहीन, दलित र अव्यवस्थित बसोवासीको समस्या समाधान गर्न क्रियाशील रहेको बताएका छन् । केही महिनाभित्रै लाखौँले लालपूर्जा पाउने गरी काम भइरहेको मन्त्री अधिकारीको भनाई छ ।

भूमि समस्या समाधान आयोग केन्द्रीय कार्यालयले बुधबार आयोजना गरेको वार्षिक समीक्षा गोष्ठीमा बोल्दै मन्त्री अधिकारीले भूमि समस्या समाधानका लागि यो आयोग नै अन्तिम हुने र यसले सबै खाले समस्याको हल गर्ने दाबी गरे ।

राजनीतिक चेपुवामा परेर धेरै पटक आयोग बन्ने, विघटन हुने शृङ्खला चलिरहेकोमा वर्तमान सरकारले आयोगलाई स्पष्ट निर्देशन सहित विघटन नहुने र सबै समस्या हल गर्ने गरी जिम्मेवारी प्रदान गरेको स्मरण गरे ।

२०८१ साल कार्तिक १३ गते गठन भएको यो आयोगले ८ महिनाको समयमा ७७ जिल्लामा शाखा खोल्ने, भूमिहीनको लगत सङ्कलन गर्ने र लालपुर्जा वितरणको काममा समेत ध्यान दिएको बताए ।

आयोगका अध्यक्ष हरि प्रसाद रिजालको अध्यक्षतामा भएको गोष्ठीमा सात वटै प्रदेशका भूमि व्यवस्था मन्त्रीहरू, सङ्घीय सरकारका गृहमन्त्री रमेश लेखक, ७७ वटै जिल्लाका भूमि समस्या समाधान आयोगका जिल्ला अध्यक्षहरू लगायतको सहभागिता रहेको थियो ।

ranechhap