वि.सं.२०८३ वैशाख १८ शुक्रवार

देउवालाई भेटेपछि माधव नेपाल सिधै किन गए राष्ट्रपति भवनमा

khanepani

काठमाडौं । नेकपा एमालेका नेता तथा पूर्व प्रधानमन्त्री माधवकुमार नेपाल कांग्रेस सभापति शेरवहादुर देउवासँग छलफल गरेपछि सिधै राष्ट्रपति भवन शीतल निवास पुगेका छन् ।

देउवासँग भेट गरेका नेपाललाई उनले प्रधानमन्त्री ओलीले पुनः संसद विघटन गर्न सक्ने संकेत दिएका कारण त्यसलाई रोक्न राष्ट्रपतिलाई भेट्न शितल निवास पुगेको हुन सक्ने अनुमान पनि धेरेले गरेका छन ।

साँझ देउवा निवास बुढानिलकण्ठमा करीव एक घण्टाको छलफलपछि राष्ट्रपति विद्यादेवी भण्डारीलाई भेट्न नेपाल शीतल निवास पुगेका हुन् ।

नेपाल पक्षका सांसदको सामुहिक राजिनामाको तयारी भइरहेको बेला उनी राष्ट्रपति भेट्न जानुलाई अर्थपूर्ण रुपमा लिइएको छ ।

ओलीले विश्वासको मतको लागि संसद बोलाइसकेको अवस्थामा त्यसअघिनै देउवालाई अविश्वास प्रस्ताव ल्याउन र ओलीविरुद्ध बहुमत पुर्याउन जति सांसदले राजिनामा दिनुपर्ने हो त्यति संख्या पुर्याउने आश्वासन नेपालले दिएका छन् ।

ranechhap