वि.सं.२०८३ वैशाख १८ शुक्रवार

नेपाली बजारमा सुनको मूल्य स्थिर, कतिमा कारोबार हुँदैछ चाँदी?

khanepani

काठमाडौ । काठमाडौ नेपाली बजारमा बिहीबार सुनको मूल्य स्थिर छ।

बुधबार प्रतितोला एक लाख ९८ हजार चार सय रूपैयाँमा कारोबार भएको सुन बिहीबार पनि सोही मूल्यमा कारोबार भएको नेपाल सुनचाँदी व्यवसायी महासंघको तथ्यांकले देखाएको छ।

त्यसैगरी, बिहीबार चाँदीको मूल्य भने प्रतितोला दश रूपैयाँले बढेको छ।

बुधबार प्रतितोला २३ सय पाँच रूपैयाँमा किनबेच भएको चाँदी बिहीबार २३ सय १५ रूपैयाँ पुगेको छ।

आज अन्तर्राष्ट्रिय बजारमा सुन प्रतिऔंस ३३ सय ७८ अमेरिकी डलरमा कारोबार भइरहेको छ।

ranechhap