वि.सं.२०८३ वैशाख १८ शुक्रवार

प्रहरीमा एक एसपी र डीएसपी बढुवा सिफारिस, पाँचपटक छुटेका थापा एसपीमा सिफारिस

khanepani

काठमाडौं । नेपाल प्रहरीका एसपी नवीनकृष्ण भण्डारीको अवकाशलगत्तै रिक्त दरबन्दीमा डीएसपी वीरेन्द्र थापा बढुवा सिफारिस भएका छन् ।

नेपाल प्रहरी प्रधान कार्यालय, बढुवा समितिले बुधवार गरेको निर्णय अनुसार थापा एसपी बढुवा सिफारिस भएका हुन् । त्यस्तै डीएसपीमा रिक्त एक पदमा बढुवाका लागि इन्स्पेक्टर राजु अधिकारी सिफारिस भएका छन् ।

यी दुवै वरियतामा अगाडि भएर पनि यसअघिका बढुवामा छुटेका थिए । २०६१ मा इन्स्पेक्टर भर्ना भएका थापा यसअघिका पाँचवटा बढुवामा छुटेका थिए । उनका व्याची सबै एसपी भइसकेका छन् ।

ranechhap