काठमाडौं । नेकपा एमालेका सांसद गोकुल बास्कोटाले लोकप्रियतावादले समाज भड्काएर जनताका सपनाको डकैती गर्न खोजिरहेको टिप्पणी गरेका छन् ।
प्रतिनिधि सभाको बैठकमा बोल्दै केही व्यक्तिहरूले अहिले समाजलाई भड्काउने काम गरिरहेको आरोप लगाए ।
बास्कोटाले भने, ‘केही असन्तुष्टिहरूमा टेकेर, तथ्यलाई भ्रमको पर्दाले छेकेर असन्तुष्टि, आरोप प्रत्यारोप, छटपटी आक्रोश देशको पछिल्लो बिम्ब भएको छ । यो व्यवस्थाले राजनीतिक दलको परिकल्पना गर्दछ । जहाँ लोकतन्त्र फल्ने र फुल्ने गर्छ । अहिले क्रान्ति र प्रगतिप्रतिको विश्वास धर्मराउँने र क्रमशः घृणावाद र लोकप्रियतावाद फस्टाउने र यसले चलाखीपूर्ण ढङ्गले जनताका सपनाहरूको चोरी गर्न खोजेको छ । डकैती गर्न खोजेको छ ।’
दुई चार महिनायता शासन प्रणालीका कमजोरी, सरकारका कार्यशैली र काममा देखिएका ढिलासुस्तीले निराशाका आधारमा पुरानाहरूको काम छैन भन्ने नयाँ भाष्य सिर्जना खोजिएको बताए ।









































