वि.सं.२०८३ भदौ २१ आइतवार

कुलिङ पिरियड छानबिन समितिको तयार प्रारम्भिक प्रतिवेदन

khanepani

काठमाडौं । कुलिङ पिरियडको प्रावधानबारे गडबडी भएको भन्ने सम्बन्धमा छानबिन गर्न गठित संसदीय विशेष छानबिन समितिले प्रारम्भिक प्रतिवेदन तयार पारेको छ । तयार प्रतिवेदनलाई अन्तिम रुप दिने कार्यमा समिति सदस्यहरू रहेका छन् ।

विभिन्न व्यक्तिहरूसँग सोधपुछ सकेर पछिल्लो एक साता देखाएर छानबिन समितिले प्रारम्भिक प्रतिवेदन तयार पारेको हो ।

प्रतिनिधि सभा अन्तर्गतको राज्य व्यवस्था तथा सुशासन समितिले संघीय निजामती सेवा विधेयकको प्रतिवेदनमा कुलिङ पिरियडको प्रावधान राखेको छ । तर, समितिले तयार पारेको विधेयकको प्रतिवेदनमा कुलिङ पिरियड निष्कृय हुने भाषा समेत प्रयोग भएको भनेर प्रश्न उठेपछि प्रतिनिधि सभाले छानबिन गर्न संसदीय विशेष छानबिन समिति बनाएको हो ।

गत असार २३ गते प्रतिनिधि सभाले निजामती सेवा विधेयकमा व्यवस्था भएको कुलिङ पिरियडबारे हेरफेरका सन्दर्भलाई लिएर संसदीय छानबिन समिति गठन गरेको हो । समितिमा नेपाली कांग्रेस र नेकपा एमालेबाट दुई–दुई जना सदस्य र माओवादी केन्द्र, रास्वपा र राप्रपाबाट एक–एक जना रहेका छन् ।

समितिमा कांग्रेसका सांसदहरू जीवन परियार र सुशीला थिङ सदस्य छन् भने नेकपा (एमाले) बाट ईश्वरी घर्ती र नारायणप्रसाद आचार्य सदस्य छन् । माओवादी केन्द्रबाट माधव सापकोटा, राष्ट्रिय स्वतन्त्र पार्टीबाट गणेश पराजुली र राष्ट्रिय प्रजातन्त्र पार्टीबाट रोशन कार्की सदस्य छन् ।

समिति गठन हुँदा सभामुख देवराज घिमिरेको २१ दिनको समय दिएका थिए । उक्त समय अपुग भएको समितिले बताएपछि सात दिनको समय थप दिइएको छ । थपिएको समय भोलि आइतबार सकिँदैछ । पर्सी बस्ने प्रतिनिधि सभाको बैठकमा छानबिन प्रतिवेदन पेश गर्ने तयारी रहेको समिति सदस्यहरू बताउँछन् ।

ranechhap