वि.सं.२०८१ चैत ११ सोमवार

ओलीले विश्वासको मत प्राप्त गर्ने गरी अघि बढ्ने एमालेको निर्णय

काठमाडौं । नेकपा एमालेले प्रधानमन्त्री केपी शर्मा ओलीले संसदको विशेष अधिवेशनमा विश्वासको मत प्राप्त गर्ने गरी सबै दलहरुसँगको छलफललाई निरन्तरता दिने निर्णय गरेको छ ।

बालुवाटारमा विहीबार विहान बसेको स्थायी बैठकपछि एमाले नेता प्रदीप कुमार ज्ञवालीले यो जानकारी दिएका हुन् ।

प्रधानमन्त्री ओलीले यही वैशाख २७ गते संसदको विशेष अधिवेशनमा विश्वासको मत लिँदै छन् ।

माओवादी केन्द्रले बुधबार सरकारको समर्थन फिर्ता लिएपछि ओली अल्पमतमा परेका छन् ।