वि.सं.२०८१ चैत ११ सोमवार

लामिछाने र आचार्य (काकु)लाई कोरोनाभाइरस संक्रमण पुष्टि, दुबैजना कलाकार आइसोलेसनमा

काठमाडौं । अभिनेत्री सरिता लामिछाने र अभिनेता दीपकप्रसाद आचार्य (काकु)लाई पनि कोरोनाभाइरस संक्रमण पुष्टि भएको छ ।

सामाजिक संजालमार्फत बुधबार उनीहरुले संक्रमण पुष्टि भएपछि आफूहरु आइसोलेसनमा रहेको जानकारी गराएका छन् ।

‘सक्किगोनि’ नामक टेलिसिरियल सुटिङ गरेर फर्कँदा आफूलाई ज्वरो आउने र शरिर दुख्ने समस्या भएको आचार्यले जानकारी दिएका छन् । सक्किगोनी सिरियलमा उनी काकु नामले चर्चित छन् ।

अभिनेत्री लामिछानले कोरोना संक्रमणलाई खराब र पीडादायी भनेर उल्लेख गरेकी छिन् । आफ्नो सम्पर्कमा आउनेलाई सुरक्षित रहन पनि उनले आग्रह गरेकी छिन् ।