वि.सं.२०८३ जेठ १० आइतवार

स्थानीय बजारमा सुन एकैदिन प्रतितोला १८ सयले बढ्यो, चाँदी अहिलेसम्मकै उच्च

khanepani

काठमाडौ । काठमाडौ स्थानीय बजारमा मंगलबार पनि सुनको मूल्य बढेको छ। नेपाल सूनचाँदी व्यवसायी महासंघको तथ्यांकले यस्तो देखाएको हो।

महासंघले जारी गरेको मूल्य सूची अनुसार सोमबारको तुलनामा मंगलबार सुन प्रतितोला एक हजार ८ सय रूपैयाँले बढेर एक लाख ९५ हजार पाँच सय रूपैयाँ पुगेको छ।

सोमबार सुन प्रतितोला एक लाख ९३ हजार ७ सय रूपैयाँ पुगेको थियो।

मंगलबार चाँदीको मूल्य पनि बढेर हालसम्मकै उच्च मुल्यमा पुगेको छ। सोमबार प्रतितोला २२ सय ८५ रूपैयाँमा कारोबार भएको चाँदी एकैदिन ३५ रूपैयाँले बढेर २३ सय २० रूपैयाँ पुगेको महासंघले जनाएको छ।

अन्तर्राष्ट्रिय बजारमा सुन प्रतिऔंस ३३ सय ८७ डलर पुगेको छ। चाँदीको मूल्य प्रतिऔंस ३८.७९ डलर पुगेको छ।

ranechhap