काठमाडौं । नेकपा एमालेका उपाध्यक्ष सुरेन्द्र पाण्डेले पूर्व राष्ट्रपति विद्यादेवी भण्डारीको सदस्यता नविकरण सम्बन्धी विषयलाई विवादित बनाउन नहुने प्रष्ट पारेका छन् ।
पार्टी केन्द्रीय कार्यालयमा अध्यक्ष केपी शर्मा ओली र पूर्व राष्ट्रपतिबीचको छलफल चलिरहेका बेला पाण्डेले यो विषय अध्यक्षले नै टुंगो लगाउने बताए । उनले आवश्यकता परे सचिवालयले टुंग्याउने बताए ।
ओली र भण्डारीको वार्ताका क्रममा केहीबेर सहभागी भएका उपाध्यक्ष पाण्डेले सदस्यता नवीकरण भइसकेको जानकारी एक वर्षअघि नै महासचिव शंकर पोखरेलले सचिवालयमा गराएको बताए ।
उनले सदस्यता नविकरणको प्रक्रियाबारे आफू जानकार नभएको भन्दै भण्डारीको सदस्यता, क्रियाशीलता र जिम्मेवारीको बारेमा अध्यक्ष ओलीले नै छलफलबाट विधान महाधिवेशन अघि नै टुंग्याउने बताए ।








































