वि.सं.२०८३ जेठ १७ आइतवार

अध्यागमन सूचना प्रणालीमा हुने अवरोध हट्यो, भिजिट भिसा लगायतका गुनासाहरूमा कमी आउने अपेक्षा

khanepani

काठमाडाैँ । केन्द्रीय सर्भर (जीआईडीसी) मा आउने समस्याबाट अध्यागमन सूचना प्रणाली(Nepali Port) मा हुने सेवा प्रवाह अवरोध हटेकाे छ । नेपाली पाेर्टबाट सम्पादन हुने कार्यलाई विना अवरोध, चुस्त दुरूस्त सञ्चालन गर्न लामो समयदेखिको प्रयासपछि लोकल डाटा सेन्टर पूर्ण क्षमतामा सञ्चालन गरिएको छ ।

त्रिभुव अन्तर्राष्ट्रिय विमानस्थल अध्यागमन कार्यालयले बिहीबार एक सूचना जारी गर्दै केन्द्रिय सर्भर जीआईडीसीमा समस्या उत्पन्न भएपनि विना अवरोध नेपाली पोर्ट सञ्चालन गर्न सकिने भएको जानकारी दिएको हो ।

यसबाट सर्भर डाउन हुने समस्या र ब्ल्याक लिस्टेड लगायतका व्यक्तिहरूले समेत उक्त अवधिमा प्रस्थान अनुमति प्राप्त गर्न सक्ने अवस्था हटेको छ ।

‘केन्द्रीय सर्भर (GIDC) मा आउने समस्याबाट अध्यागमन सूचना प्रणाली Nepali Port मा हुने सेवा प्रवाह अवरोध हटाई Nepali Port बाट सम्पादन हुने कार्यलाई विना अवरोध, चुस्त दुरूस्त सञ्चालन गर्न लामो समयदेखिको प्रयासपछि Local Data Center स्थापना भई मिति २०८२ श्रावण १ देखि पूर्ण क्षमता सञ्चालन गरिएकाले केन्द्रिय सर्भर ( GIDC) मा समस्या उत्पन्न भए पनि विनाअवरोध Nepali Port सञ्चालन गर्न सकिने भएको तथा Server down हुने समस्या र Black listed लगायतका व्यक्तिहरूले समेत उक्त अवधिमा प्रस्थान अनुमति प्राप्त गर्न सक्ने अवस्था हटेको छ,जारी सूचनामा भनिएकाे छ।

अध्यागमन कार्यका लागि प्रयोगमा रहेको अध्यागमन सूचना प्रणाली (Nepali Port) मा श्रम, सामाजिक सुरक्षा मन्त्रालयबाट जारी गरिने श्रम स्वीकृति र शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयबाट जारी गरिने (NOC) को विवरण प्राप्त गर्न सकिने गरी Link गरिएकाले Nepali Port मा भिडान भएका श्रम स्वीकृति र NOC प्राप्त यात्रु महानुभावहरूलाई मात्र प्रस्थान अनुमति दिन सकिने भएको जारी सूचनामा भनिएकाे छ ।

यसबाट नक्कली श्रम स्वीकृति र नकली NOC बनाउने कार्य रोकिने छ साथै देहायका व्यक्ति एवं संस्थाहरूबाट आफ्नो व्यावसायिक मूल्य, मान्यता अनुसार स्वच्छ व्यवसायको अपेक्षा समेत गरिएको छ ।

यी कार्यबाट भिजिट भिसा लगायतका गुनासाहरूमा कमी आउने अपेक्षा गरिएको प्रमुख अध्यागमन अधिकृत विष्णु प्रसाद कोइरलाले बताए ।

ranechhap