वि.सं.२०८३ असार १ सोमवार

पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीको राजनीतिमा पुनरागमनले महिलामा उत्साह प्रदान गर्छ : सुजाता कोइराला

khanepani

काठमाडौँ । नेपाली कांग्रेसकी नेतृ सुजाता कोइरालाले पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीको राजनीतिमा पुनरागमनले महिलामा उत्साह प्रदान गरेको बताएकी छन् ।

पूर्वउपप्रधानमन्त्रीसमेत रहेकी कोइरालाले बिहीबार सामाजिक सञ्जाल फेसबुकमार्फत भण्डारी एक सक्षम, इमानदार र उच्च राजनीतिक संस्कारयुक्त व्यक्तित्व भएको बताएकी छन् ।

‘पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीजी को सक्रिय राजनीतिमा पुनरागमनले सम्पूर्ण नेपाली महिला नेतृत्व वर्गमा उत्साह प्रदान गरेको छ । उहाँ एक सक्षम, इमानदार र उच्च राजनीतिक संस्कार भएको व्यक्तित्व हुनुहुन्छ,’ कोइरालाले फेसबुकमा लेखेकी छन् ।

कोइरालाले भण्डारीलाई आगामी राजनीतिक यात्राको लागि शुभकामनासमेत दिएकी छन् ।

ranechhap