वि.सं.२०८३ वैशाख ९ बुधवार

इन्जिनियरिङ परिषद्को रजिस्ट्रार नियुक्तिका लागि ६ जना आवेदकको नाम संक्षिप्त सूचीमा

khanepani

काठमाडौँ । इन्जिनियरिङ परिषद्को रजिस्ट्रार नियुक्तिका लागि ६ जना आवेदकको नाम संक्षिप्त सूचीमा परेका छन् । संक्षिप्त सूचीमा पर्नेमा कामेश्वर यादव, कुल भूषण शर्मा, ज्योत्सना श्रेष्ठ, ध्रुवराज भट्टराई, रमेश ज्ञवाली र शिव मंगल गिरी रहेका छन् ।

भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयले जेठ २७ गते रजिष्ट्रार नियुक्तिका लागि दरखास्त आह्वान गरेको थियो । दरखास्तमध्ये स्वीकृत कार्यविधिअनुसार मूल्याङ्कन गरी संक्षिप्त सूचीमा राखेको मन्त्रालयले जनाएको छ ।

संक्षिप्त सूचीमा परेका उम्मेद्वारहरुले २०८२ साउन २ गते ११ बजे व्यावसायिक कार्य योजना प्रस्तुतीकरणसहित भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयको पूर्वाधार निर्माण तथा यातायात महाशाखामा उपस्थित हुन जानकारी गराएको छ । साथै प्रत्येक उम्मेदवारलाई व्यावसायिक कार्ययोजना प्रस्तुतिका लागि बढीमा २० मिनेट समय निर्धारण गरिएको छ ।

ranechhap