वि.सं.२०८३ वैशाख ७ सोमवार

गम्भीर समीक्षा नगर्ने हो भने देश निकै ठुलो विस्फोटतिर जाने अवस्था छ : प्रचण्ड

khanepani

काठमाडौँ । नेकपा माओवादी केन्द्रका अध्यक्ष एवं प्रमुख प्रतिपक्ष दलका नेता पुष्पकमल दाहाल ‘प्रचण्ड’ले देश बहुआयामिक संकटको अवस्थाबाट गुज्रिरहेको बताएका छन् ।

सोमबार प्रतिनिधिसभा बैठकमा सोमबार सम्बोधन गर्दै प्रचण्डले विस्तृत शान्ति सम्झौता गर्दा देखेको सपना अनुसार अघि बढ्न नसकेको भन्दै देश बहु आयामिक सङ्कटबाट गुज्रेको बताएका हुन् ।

लामो र घनिभूत बहसपछि संविधान निर्माण गर्दा जनता सामु गरेका प्रतिबद्धतातर्फ अघि बढेका छौ भन्दै प्रश्न गरे ।

‘आज सर्वत्र भ्रष्टाचार, अराजकता र वेथितिले अघि बढेको देखिन्छ । गम्भीर समीक्षा नगर्ने हो भने निकै ठुलो विस्फोटतिर जाने अवस्था छ ’, प्रचण्डको भनाई छ ।

ranechhap