वि.सं.२०८३ साउन १५ शुक्रवार

शुल्क वृद्धि र दोहोरो भर्ना लगायतको विरोधमा नेविसंघको प्रदर्शन, सडक अवरुद्ध गर्न खोजेपछि पक्राउ

khanepani

काठमाडौं । शुल्क वृद्धि र दोहोरो भर्ना लगायतको विरोधमा नेपाल विद्यार्थी संघले राजधानीका विभिन्न क्याम्पसहरूमा विरोध प्रदर्शन गरेको छ ।

अत्यधिक शुल्क वृद्धि, दोहोरो भर्ना, छात्रवृत्तिमा हुने ठगीजस्ता शैक्षिक शोषण र बेथितिविरुद्ध सबैका लागि न्यायपूर्ण र पारदर्शी शिक्षाका लागि प्रदर्शन गरिएको नेविसंघले जनाएको छ ।

उनीहरूले शुल्क वृद्धि खारेज र ठगी बन्द गर्नुपर्ने माग गर्दै शिक्षामा समता र सम्मानको सुनिश्चितताका गर्न आफूहरू प्रदर्शन उत्रिएको जनाएका छन् ।

उनीहरुले प्रदर्शनका नाममा सडकमा टायर बालेर अवरुद्ध गर्न खोजेपछि प्रहरीले पक्राउ गरेको छ । प्रहरीका अनुसार कोटेश्वर -भक्तपुर टायर बालेर सडक अवरुद्ध गर्न खोजेपछि नेविसंघ कोटेश्वर बहुमुखी क्याम्पसका स्ववियू अध्यक्ष संञ्जय बुढाथोकीसहित ४ जनालाई पक्राउ गरेको हो ।

नेविसंघले त्रि चन्द्र क्याम्पस, ताहचल क्याम्पस, नेपाल कमर्स क्याम्पस मीन भवन लगायतमा प्रदर्शन गरेका हुन् ।

ranechhap