काठमाडौँ । रास्वपाका निलम्बित महामन्त्री डा. मुकुल ढकालले दायर गरेको मुद्दामा अदालतले पार्टीले गरेको कारबाहीको सक्कल कपी झिकाउन आदेश दिएको छ ।
मुद्दामा आइतबार सर्वोच्च अदालतका न्यायाधीश हरिप्रसाद नित्यानन्द पाण्डेयको इजलासले यस्तो आदेश दिएको हो । रास्वपाको महामन्त्री पदबाट ढकाललाई पार्टीले हटाएपछि उनी सर्वोच्च गएका थिए ।









































