काठमाडौं । चालु आर्थिक वर्षको अन्त्यतिर आइपुग्दा खानेपानी तथा ढल व्यवस्थापन विभागले ८२ प्रतिशत भन्दा माथिको वित्तीय प्रगति हासिल गरेको तथ्याङक छ । विभाग अन्तर्गतका केही संघीय खानेपानी तथा ढल व्यवस्थापन आयोजना कार्यालयहरूको कम प्रगति देखिए पनि पाँच वटा कार्यालयको उत्कृष्ट कार्यसम्पादनले समग्र प्रगति दर उच्च देखाएको विभागले जनाएको छ।
यो प्रगति खानेपानी तथा ढल व्यस्थापन विभागको त्रिबर्षीया आंकडा हेर्दा सबैभन्दा उच्च हो । खानेपानी तथा ढल व्यवस्थापन विभागले आर्थिक बर्ष २०७९/०८० मा ८० प्रतिशत प्रगति हासिल गरेको थियो भने २०८०/०८१ मा विभागको प्रगति ६८.३९ प्रतिशतमा खुम्चिएको थियो ।
विभागीय विवरण अनुसार म्याग्दी ९९५.१४५०, इलाम ९९३.९२५०, जुम्ला ९९१.३६५०, रामेछाप ९९४.०९५० र अर्घाखाँची ९९०.८६५० कार्यालयले ९० प्रतिशत भन्दा माथिको उल्लेखनीय प्रगति गरेका छन् । यी कार्यालयहरूको निरन्तरता, दक्षता र बजेट कार्यान्वयन क्षमताले विभागको समग्र वित्तीय प्रदर्शनलाई ८२ प्रतिशत पार गर्न सहयोग पुर्याएको हो ।
यद्यपि केही कार्यालयहरू जनकपुर ९४६.३९५०, सुर्खेत ९६१.७६५०, चितवन ९६५.६२५०, भक्तपुर ९७९.३१५० र लमजुङ ९७८.२८५० को प्रगति अझै सन्तोषजनक अवस्थामा पुग्न सकेको छैन । तथापि समग्र कार्यालयहरूको औसत प्रगतिमा अग्रणी कार्यालयहरूको बलियो योगदानका कारण विभागको कुल वित्तीय प्रगति उत्साहजनक देखिएको छ ।
“केही कार्यालयले कम प्रगति हासिल गरेपनि समग्रतामा हामीले ८२ प्रतिशत भन्दा माथि वित्तीय प्रगति गर्न सफल भएका छौं, जुन सकारात्मक कुरा हो” खानेपानी तथा ढल व्यवस्थापन विभागका महानिर्देशक ई।राम कुमार श्रेष्ठले भने। राम्रो नतिजा निकाल्न सफल कार्यालयहरुले आफ्नो कार्ययोजना समयमै कार्यान्वयन गर्नुका साथै बजेट उपयोगमा समेत दक्षता देखाएको विभागको भनाइ छ ।
खानेपानी सेवामा प्रभावकारिता ल्याउने उद्देश्यले चालु आर्थिक बर्षभर गरिएको योजना कार्यान्वयन र बजेट उपयोग सन्तुलित रहेको उनको भनाइ छ । ‘खानेपानी मन्त्रालय र खानेपानी विभागको नेतृत्वदायी भूमिका, स्थानीय तहसँगको सहकार्य, आयोजना प्रमुखहरुले योजना कार्यान्वयनमा देखाइएको सक्रियता र कर्मचारीको उचित व्यवस्थापनले समग्र प्रगतिमा सकारात्मक प्रभाव परेको महानिर्देशक श्रेष्ठले बताए ।
प्रगति कति










































