काठमाडौं । नेपाल राष्ट्र बैंकका गभर्नर डा. विश्वनाथ पौडेलले न्यून ब्याजदर हुँदा पनि कर्जा प्रवाह अपेक्षितरुपमा बढ्न नसकेको बताएका छन्।
शुक्रबार आगामी आर्थिक वर्ष २०८२र८३ को मौद्रिक नीति सार्वजनिक गर्दै गभर्नर पौडेलले यस्तो जानकारी दिएका हुन् ।
गभर्नर पौडेलले भने, ‘पर्याप्त तरलता र न्यून ब्याजदरका बाबजुद पनि कर्जा प्रवाह अपेक्षितरुपमा बढ्न सकेको छैन । विवेकशील मौद्रिक नीतिमा जोड दिनु पर्ने छ ।’
गैर बैंकिङ सम्पत्ति बढ्दै गएकोले यसले वित्तीय क्षेत्रलाई नै चुनौती दिएको गभर्नर पौडेलको भनाई छ ।









































