काठमाडौं । मेलम्ची नगरपालिकाको समाचार महालेखापरिक्षकको प्रतिवेदनलाई समाचारको मुख्य स्रोतका रुपमा लिइएको कुरा नगरपालिकको खण्डनले पनि पुष्टि गरिसकेको छ ।
नगरपालिका आफै स्थानिय सरकार हो । यसका पदाधिकारीहरु पनि सार्वजनिक मानिस हुन । उनीहरुले गरेका कामको जस अपजस उनीहरुले लिनु पर्छ । किन कि उनीहरु जनताद्धारा निर्वाचित जनप्रतिनिधि हुन । उनीहरु जिम्मेवार हुनै पर्छ ।
मेयर साप र उपमेयर सापसँग बाग्मती भ्वाइसको कुनै व्यक्तिगत बैरभाव छैन । उनीहरुसँग व्यक्तिगत र संस्थागतरुपमा कुनै अपेक्षा लिएका पनि छैनौ र लिने प्रयास पनि छैन ।
नगरपालिकाले पालेका प्रेस सल्लाहकार पनि होलान ? उनीहरु पत्रकारीताको सामान्य सिद्धान्त र समाचारको मर्मलाई केलाउन पनि नसक्ने हरिलठ्ठकहरुलाई कुन नियम र कानून अनुसार प्रेस सल्लाहकार वा अन्य नक्कली पद खडा गरि मासिक तलव भत्ता खुवाईरहेका छन । त्यो बुझ्न नसकिएको एउटा गम्भिर प्रश्न उठ्ने गरेको छ ।
खण्डन पत्रिकाको कार्यालयमा नपठाइकन नगरपालिकाले किन पहिले प्रेस काउन्सिल र पेड पत्रिकाहरुमा समाचार लेख्न लगाएका हुन ? त्यसको जवाफ पनि मेयर सापले कानूनले निदृष्टि गरेको संस्थाहरुलाई जवाफ त दिनु नै पर्छ होला ?
मेलम्चीका मेयरका नामबाट प्राप्त खण्डनमा मेयरको सचिवालयको लेटरप्याड पनि छैन ? मेयरसापको हस्ताक्षर समेत देखिदैन ? बाग्मती भ्वाइस नेपाल सरकारको नियम र कानूनको पुर्णरुपमा पालना गरेर दर्ता भएर संचालन भएको समाचार पोर्टल हो ? यो कुनै केटाकेटी खेल हैन ? मेयर सापले संचालन गरेको ठेक्काको फर्मको जस्तै हैसियत र जिम्मेवारी यो पत्रिका र यसका सम्पादकलाई पनि छ ? न कुनै छाप छ । यो मेयरसापको नाममा कुनै चाकडिदारले लेखेको नक्कली पत्र हो भन्न सकिने आधार र प्रमाण यहि खण्डन पत्रले समेत बोलेको छ ।
मेयर साप खानेपानी मन्त्रालय र मेलम्ची विकास समितिसँगको तपाईको हिमजिमलाई मैले अर्थात बाग्मती भ्वाइसको सम्पादकले नजिकबाट अध्यायन गरेको छ ।
नक्कली भएपनि मेलमा पात्र भएको पत्रलाई सम्मान गर्दै यो खण्डन प्रकाशित गरिएको छ ।
नगरपालिकाको खण्डन

समाचारको खण्डन
श्री सम्पादकज्यू,
नेपाली बागमती भ्वाइस अनलाइन ।
विषय ः समाचारकोे खण्डन गरिएको ।
प्रस्तुत विषयमा तपाईको अनलाइन समाचार माध्यम नेपाली बागमतीभ्वाइस डट कममा मेलम्ची नगरपालिकाको विषयमा प्रकाशित समाचार ‘मेलम्ची नगरपालिकामा मेयर उपमेयरको ताण्डव नृत्य, ऐन कानुन बिपरित करोडौ रकम आफू अनुकुल खर्च’ शीर्षकको समाचारमा हाम्रो गम्भीर ध्यानाकर्षण भएको छ । महालेखापरीक्षकको प्रतिवेदनलाई समाचार स्रोतको रुपमा उल्लेख गरेर प्रकाशन गरिएको समाचारको शीर्षक नै समाचारको मर्म बिपरीत चरित्र हत्या गरेर लेखिएको छ ।
महालेखा परीक्षकको कार्यालयले सार्वजनिक गरेको प्रतिवेदनमा केही खर्चहरु बेरुजु देखिएको भएपनि त्यसलाई नियमित गर्ने प्रकृया कार्यालयले सुरु गरिसकेको छ । प्रतिवेदन आउना साथ जनप्रतिनिधिको नाम मुछेर अनियमितता ग¥यो भन्नु लेखा परीक्षणको मर्म र भावना बिपरीत हो । कार्यालयले कुनै पनि निर्णय गर्दा ऐन कानुनको परिधिमा रहेर कार्यपालिका र नगरसभाको निर्णय अनुसार हुने गरेको छ । विद्यालय, सामाजिक संस्था र अन्य निकायलाई विनियोजन गरिएको रकम प्रकृया नपुगेका कारण बेरुजु देखिएको हो र यसलाई नियमित गर्ने प्रकृया हुन्छ । यसमा जनप्रतिनिधिको कुनै संलग्नता हुँदैन । तपाईंको समाचारमा उल्लेख गरिएको ठेक्का प्रकृयाको सम्बन्धमा सार्वजनिक खरिद ऐन अनुसार इ बिडको माध्यमबाट गरिने भएकाले यसमा कसैको संलग्नता हुने प्रश्नै उठ्दैन । नियम अनुसार टेन्डर आव्हान गरेपछि मान्यता प्राप्त निर्माण व्यवसायीले अनलाइन मार्फत टेन्डर हाल्ने र कानुनी प्रकृया पूरा गरेपछि मात्र खुल्ने भएकाले यसमा जनप्रतिनिधिको कुनै भूमिका नै हुँदैन ।
समाचार लेख्ने क्रममा पत्रकारिताको न्युनतम सिद्धान्त अनुरुप हामीलाई समाचारमा प्रतिक्रिया राख्ने अवसर समेत नदिई हाम्र चरित्र हत्या गर्ने प्रयास तपाई र तपाईकै समाचार कपि पेस्ट गर्ने अन्य अनलाइनले गरेका छन् । एउटै समाचार विभिन्न अनलाइनमा प्रकाशित हुनुले पनि जनप्रतिनिधि र समग्र नगरपालिकाको बदनाम गराउने नियत राखेको प्रस्ट हुन्छ ।
अतः तथ्यहिन र केबल आरोप लगाएर चरित्र हत्या गर्ने प्रयास मात्र गरिएको यस समाचारमा सत्यता नरहेकाले भ्रममा नपर्न सम्पूर्ण पाठक वर्गमा अनुरोध गर्दै समाचारको खण्डन गरिएको जानकारी गराउँदछौं ।
नगर प्रमुखको सचिवालय
मेलम्ची नगरपालिका







































