वि.सं.२०८३ वैशाख २ बुधवार

कुलिङ पिरियड’ को गल्ती राष्ट्रियसभाले सच्याउँछ : सभामुख घिमिरे

khanepani

काठमाडौं । संघीय निजामती ऐनको ‘कुलिङ पिरियड’ सम्बन्धी चलिरहेको बहसमा सभामुख देवराज घिमिरेले अहिले चर्चामा आएको त्रुटि राष्ट्रियसभाबाट सच्याइने बताएका छन् ।

सिंहदरबारस्थित आफ्नै कार्यकक्षमा संसदीय मामिलाका पत्रकारहरूसँग कुरा गर्दै सभामुख घिमिरेले भने, ‘समितिबाट जे प्रस्ताव आयो, त्यही पारित भएको हो । सदनले त्यसमा केही थपघट गरेर पास गरेको होइन ।’

समितिमा भएको छलफलको नियत एउटा भए पनि परिणाम अर्कै देखिएको भन्दै समितिकै सदस्यहरूले गुनासो गरेको सभामुखले बताए । उनले भने, ‘यस विषयमा छानबिन हुनुपर्छ ।’

यो घटनाले हरेक विधेयकको जवाफदेहिताको जिम्मेवारी सम्बन्धित समितिकै हुने स्पष्ट उदाहरण प्रस्तुत गरेको सभामुख घिमिरेको भनाइ थियो ।

ranechhap