वि.सं.२०८३ वैशाख ७ सोमवार

संसदको रोष्ट्रमबाटै निजामती विधेयक च्यातेर बैठक छोडर हिडे प्रभु साह, देशमा आगो बल्ने दिए चेतावनी

khanepani

काठमाडौं । सांसद प्रभु साहले सरकारले संसदबाट पारित गर्न खोजेको निजामती विधेयकलाई ‘गरिबमारा’ संज्ञा दिँदै संसदकाे राेष्ट्रमबाटै च्यातेका छन् । यो विधेयक पारित भयो भने देशमा आगो बल्ने उनले चेतावनी दिए ।

आज संसद बैठकमा बोल्दै साहले यस्तो चेतावनी दिएका हुन् । यो विधेयकले गरिबलाई लोकसेवा लड्ने अधिकारबाटै बञ्चित गर्ने दाबी गरे ।

साहले भने, ‘यो गरिबमारा विधेयक पारित भयो भने देशमा अयाोग बल्छ । गरिबको भाग्य भविष्यलाई कत्लेआम गर्ने गरी आएको विधेयक हामीलाई स्वीकार्य छैन । यो आयो भने गरिबका लागि कालो दिन हुन्छ । यसका मतियारलाई गरिबले कहिल्यै माफी दिने छैनन् ।’
यस्तो अपराधिक कार्यको साक्षी नबस्ने भन्दै उनी वैठक बहिष्कार गरेर हिँडेका छन् ।

ranechhap