वि.सं.२०८३ वैशाख ८ मंगलवार

प्रधानमन्त्रीले दिएको बचन पुरा नभएपछि यादव प्रधानमन्त्रीसँग रुष्ट, सरकारलाई दिएको समर्थन चाँडै फिर्ता लिने यादवको दावी

khanepani

काठमाडौं । जनता समाजवादी पार्टी (जसपा) का अध्यक्ष उपेन्द्र यादवले सरकारलाई दिएको समर्थनबारे चाँडै संसदीय दलको बैठकले निर्णय गर्ने बताएका छन् । कार्यकारिणी समितिको बैठकले निर्देशन दिएको भएपनि दलको बैठकले अहिलेसम्म निर्णय नगरेको बताए ।

उपेन्द्र यादवलाई प्रधानमन्त्री केपी शर्मा ओलीले दिएको आश्वासन पुरा नभएपछि बजेटको मुखमा आएर उनले यस्तो निर्णय लिएका हुन । खानेपानी मन्त्री प्रदिप यादवलाई सरकारबाट हटाउने आश्वासन पाएका यादवले दुई महिना वितिसक्दा पनि उनी सरकारमै रहेपछि यादबले सरकारलाई दिएको समर्थन फिर्ता लिन लागेको हो ।

उनले भने, ‘कार्यकारिणी समितिको बैठकले संसदीय दललाई निर्देशन दिएको हो । अब संसदीय दलको बैठक बसेर निर्णय गर्छ । अहिलेसम्म भएको छैन। चाँडै गर्छौँ ।’

सरकार गठन हुँदाको बाचा एक वर्षसम्म पनि केही पूरा गर्न नसकेको आरोप लगाए । दुई ठूला पार्टी मिलेर बनेको सरकारले मुलुकलाई गति दिन नसकेको, जनतालाई डेलिभरी दिन नसकेको अध्यक्ष यादवको बुझाइ छ ।

सरकारले प्रतिबद्धता अनुसार सुशासन, संविधान संशोधन, अर्थतन्त्रमा सुधार, भ्रष्टाचार नियन्त्रणको काम गर्न नसकेको बताए । उनले आफू प्रतिपक्षमा गएर बसेपनि विपक्षी दलका नेता पुष्पकमल दाहाल प्रचण्डसँग पनि सहकार्य नहुने बताए ।

प्रचण्डले फेरि समाजवादी मोर्चा सक्रिय बनाउन गृहकार्य गरिरहेकोबारे सोधिएको प्रश्नमा भने, ‘अब हामी प्रचण्डसँग पनि सहकार्य गर्दैनौँ । आफ्नै ढङ्गले अघि बढ्छौँ। मोर्चामा हामी सहभागी हुँदैनाैँ ।’

ranechhap