वि.सं.२०८३ वैशाख ६ आइतवार

काठमाडौं महानगरको बजेट अनिश्चित, वडाअध्यक्ष भन्छन्, ‘कहिले ल्याइन्छ थाहा छैन’

khanepani

काठमाडौ । काठमाडौ म‌गलबार अधिकांश स्थानीय तहले आगामी आर्थिक वर्षको बजेट नगर वा गाउँ सभामा प्रस्तुत गर्दैछन्।

अन्तर्सरकारी वित्त व्यवस्थापन ऐनको व्यवस्था अनुसार केही पालिकाहरूले यस अघि नै बजेट प्रस्तुत गरेका छन् भने अधिकांशले आज गर्दैछन्।

तर, काठमाडौं महानगरपालिले भने बजेट प्रस्तुत गर्नको लागि अहिलेसम्म पनि नगरसभा बोलाएको छैन।

‘अहिलेसम्म कुनै तयारी छैन। आज बजेट आउँदैन,’ महानगरपालिकाका प्रवक्ता नवीन मानन्धरले भने।

उनले असार मसान्तसम्म बजेट ल्याए समस्या नपर्ने बताए।

‘कानुनले त आजसम्मको मात्रै समय दिएको छ नि? भन्ने प्रश्न गर्दा, मानन्धरले भने, ‘हो तर आज बजेट आउने देखिँदैन।’

अन्तरसकारी वित्त व्यवस्थापन ऐनको व्यववस्था अनुसार असार १० गतेभित्र सबै स्थानीय तहले आगामी आर्थिक वर्षको बजेट नगरसभामा प्रस्तुत गर्नुपर्ने हुन्छ।

‘गाउँ कार्यपालिका र नगरकार्यपालिकाले प्रत्येक वर्षको असार १० गतेभित्र आगामी आर्थिक वर्षको राजस्व र व्ययको अनुमान सम्बन्धित गाउँ वा नगरसभामा पेस गर्नुपर्ने छ,’ अन्तरसरकारी वित्त व्यववस्थापन ऐनको दफा २१ उपदफा ३ मा उल्लेख गरिएको छ।

काठमाडौं महानगरको बजेट भने कहिले आउने भन्ने पत्तो नभएको वडाअध्यक्षहरू बताउँछन्।

‘बजेट ल्याउनु पर्ने आज हो। तर, हामीलाई केही थाहा छैन,’ काठमाडौं महानगरपालिका वडा १ का अध्यक्ष भरतलाल श्रेष्ठले भने, ‘४/५ महिना भयो बोर्ड बैठक नगरेको पनि, हामी आफै अन्योलमा परेका छौँ।’

ranechhap