काठमाडौँ । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) भिजिट भिसा प्रकरणमा उच्चस्तरीय छानबिन समिति गर्ने सरकारको निर्णयमा अझै असन्तुष्ट रहेको पाइएको छ ।
सोमबार बसेको मन्त्रिपरिषद् बैठकले पूर्वमुख्यसचिव शंकरदास वैरागीको नेतृत्वमा चार सदस्यीय छानबिन समिति गठन गर्ने निर्णय गरेको थियो ।
तर, सो समितिमा रहेका पात्रबारे असन्तुष्टि जनाउँदै राप्रपाले संसद् बहिस्कारलाई निरन्तरता दिने भएको हो । राप्रपाका प्रमुख सचेतक ज्ञानबहादुर शाहीले संसद् बहिस्कारलाई पार्टीले निरन्तरता दिने निर्णय गरेको बताए । आजै प्रतिनिधिसभाको बैठक बस्दैछ ।








































