वि.सं.२०८३ वैशाख २० आइतवार

गुल्मीको रेसुङ्‍गा नगरपालिकाले एईईमा ४ जीपीए ल्याउने विद्यार्थीलाई एक लाख पुरस्कार दिने

khanepani

गुल्मी । गुल्मीको रेसुङ्‍गा नगरपालिकाले माध्यमिक शिक्षा परीक्षा (एसईई) मा उत्कृष्ट नतिजा ल्याउने विद्यार्थीलाई आकर्षक नगद पुरस्कार दिने घोषणा गरेको छ ।

नगर प्रमुख खिलध्वज पन्थीले नगरपालिकाको १७औँ नगर सभामा आगामी आर्थिक वर्ष २०८२/८३ का लागि प्रस्तुत गरिएको वार्षिक नीति तथा कार्यक्रममा उक्त योजनाबारे जानकारी गराएका हुन् ।

नीति कार्यक्रम अनुसार, नगरभित्रका विद्यालयमा अध्ययन गरेर एसईईमा ग्रेड पोइन्ट औसत (जीपीए) ४.० प्राप्त गर्ने विद्यार्थीलाई “नगर प्रमुख शैक्षिक पुरस्कार” अन्तर्गत नगद १ लाख रुपैयाँ प्रदान गरिने नगर प्रमुख खिलध्वज पन्थीले बताए ।

यतिमात्र होइन, सो पुरस्कार प्राप्त गर्ने विद्यार्थीले नगरपालिकाभित्रका सामुदायिक विद्यालयमा कक्षा ११ र १२ अध्ययन गरेमा, कक्षा १२ को अन्त्यमा थप ५० हजार रुपैयाँ छात्रवृत्तिको रूपमा एकमुष्ठ प्राप्त गर्ने छन् ।

नगरपालिकाले यस कार्यक्रममार्फत विद्यार्थीलाई शैक्षिक उत्कृष्टताप्रति प्रेरित गर्न तथा सामुदायिक विद्यालयमा गुणस्तरीय शिक्षा प्रवर्द्धन गर्ने उद्देश्य लिएको जनाएको छ । यो योजनाले विशेषगरी मेहेनती र लक्ष्यमा केन्द्रित विद्यार्थीलाई थप ऊर्जा दिने विश्वास नगर प्रमुख पन्थीले व्यक्त गरे ।

ranechhap