वि.सं.२०८३ वैशाख २० आइतवार

अमेरिका र इजरायली आक्रमण झेलिरहेको इरानका राष्ट्रपतिसँग मोदीको टेलिफोन संवाद

khanepani

एजेन्सी । भारतका प्रधानमन्त्री नरेन्द्र मोदीले इरानी राष्ट्रपति मसुद पेजेस्काइसँगको टेलिफोन संवादमा पछिल्लो तनावप्रति गहिरो चासो राखेका छन् ।

राष्ट्रपतिसँग भएको कुराकानीबारे सामाजिक संजालमार्फत प्रधानमन्त्री मोदीले हालैको बढ्दो तनाव र क्षेत्रीय शान्तिको विषयमा गहिरो चिन्ता व्यक्त गरेको बताएका छन् ।

मोदीले तत्काल तनाव कम गर्ने,संवाद र कुटनीतिलाई अगाडि बढाउने तथा क्षेत्रीय शान्ति र स्थिरताको छिटो पुनःर्स्थापना गर्ने भारतको अडान दोहोर्याएका छन् ।
इरानमाथि अमेरिका र इजरायलले मिलेर आक्रमण गरेपछि भारतीय प्रधानमन्त्रीले इरानी राष्ट्रपतिसँग कुरा गरेका हुन् ।

ranechhap