वि.सं.२०८१ चैत ३ आइतवार

रुपन्देहीमा थप एकजना संक्रमितको मृत्यु

बुटवल । रुपन्देहीका थप एकजना कोरोना संक्रमितको उपचारको क्रममा मृत्यु भएको छ । तिलोत्तमा नगरपालिका २ का ६७ वर्षीय पुरुषको बुटवल धागो कारखानामा सञ्चालित कोरोना विशेष अस्पतालमा मृत्यु भएको हो ।

वैशाख १६ गते कोरोना संक्रमण पुष्टि भएका पुरुष तीन दिनपछि १९ गते अस्पताल भर्ना भएकोमा मंगलबार बिहान सवा ११ बजेतिर मृत्यु भएको अस्पतलका सूचना अधिकारी डा. विष्णु गौतमले जानकारी दिए ।

मृतक पुरुषमा उच्च ज्वरो र श्वासप्रश्वासको समस्या रहेको थियो । जिल्ला स्वास्थ्य कार्यालय रुपन्देहीको सोमबार दिउँसो साढे ४ सम्मको तथ्यांक अनुसार रुपन्देहीमा कोरोना सक्रमणबाट २१६ जनाको मृत्यु भएको छ ।

रुपन्देहीमा १३१ जना लक्षणसहितका संक्रमित उपचाररत रहेका र ३ हजार ९७४ जना होम आइसोलेसनमा रहेका छन् ।