वि.सं.२०८३ असार १६ मंगलवार

स्थानीय उत्पादनको प्रोत्साहन गर्दै रोजगार वृद्धि सरकारको नीति छ : मन्त्री भण्डारी

khanepani

काठमाडौं । उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री दामोदर भण्डारीले स्थानीय उत्पादनलाई प्रोत्साहन गर्दै रोजगारी वृद्धि गर्ने सरकारको नीति रहेको बताएका छन् ।
सोमबार ललितपुरमा चौथो महिला उद्यमी सम्मेलनको उद्घाटन गर्दै मन्त्री भण्डारीले नेपालका उत्पादनले प्राथमिकता पाउनुपर्छ भन्नेमा सरकार स्पष्ट रहेको समेत बताए ।

उनले उत्पादकत्व वृद्धि र रोजगारी सृजना गर्न सके मुलुकको अर्थतन्त्रमा सकारात्मक योगदान पुग्ने धारणा राखे । हरेक जनप्रतिनिधि र कर्मचारीले पाउने पोसाक भत्ताले नेपाली उत्पादनहरु खरिद गर्नुपर्ने भन्दै उनले स्वदेशी उत्पादनलाई राज्यले नै खरिद गर्ने जिकिर गरे ।

उनले बजेटमा उद्यमशीलतालाई प्राथमिकतामा राखिएको जानकारी दिँदै लगानीका क्षेत्रहरु पहिचान गरेर प्राथमिकतामा राख्न सरकारले जोड दिएको बताए ।

त्यस्तै, उनले बजेटमा रोजगारी सृजना गर्ने, उद्यमशीलता वृद्धि गर्ने, राष्ट्रिय आवश्यकता पूरा गर्ने विषयलाई समेटिएको जानकारी गराए । स्टार्टअप र रचनात्मक उद्यमशील परियोजनालाई २५ लाखसम्म दिने कार्यक्रम समेत बजेटमा समावेश रहेको उनको भनाइ छ ।

मन्त्री भण्डारीले सार्वजनिक निकायमा स्वदेशी उत्पादनको प्रयोगसम्बन्धी कानून ल्याएको समेत जानकारी दिए । ललितपुर महानगरद्वारा आयोजित उद्यमी सम्मेलनमा घरेलु उत्पादनहरु प्रदर्शनीमा राखिएको छ ।

ranechhap