वि.सं.२०८१ चैत ११ सोमवार

कास्की र पर्वतमा दुई जना संक्रमितको मृत्यु

काठमाडौं । कास्की र पर्वतमा कोरोना भाइरस (कोभिड१९) संक्रमणबाट दुई जनाको मृत्यु भएको छ ।

गण्डकी प्रदेश कोरोना नियन्त्रण तथा रोकथाम कार्यक्रमका प्रवक्ता डा. विनोद विन्दु शर्माका अनुसार मणिपाल शिक्षण अस्पतालमा पोखरा महानगरपालिका२९ का ४५ वर्षीय पुरुष र पर्वतको कुश्मा नगरपालिका४ का ८४ वर्षीय पुरुषको पर्वत जिल्ला अस्पतालमा मंगलबार मृत्यु भएको हो ।

४५ वर्षीय पुरुषमा वैशाख १८ गते संक्रमण पुष्टि भएको थियो भने पर्वतका ८४ वर्षीय पुरुषमा वैशाख १९ गते संक्रमण पुष्टि भएको थियो ।

अध्यावधिक विवरण अनुसार कोरोना संक्रमणबाट गण्डकी प्रदेशमा मृत्यु हुनेको संख्या २३५ पुगेको उनले बताए