काठमाडौं । सभामुख देवराज घिमिरेले प्रमुख दलका मुख्य सचेतक र प्रमुख सचेतकहरुलाई छलफलका लागि बोलाएका छन् ।
संसदको क्यालेन्डर लगायतका विषयमा छलफल गर्न अहिले बिहान ९ बजे सिंहदरवारमा सभामुखले छलफलका लागि बोलाएको सभामुखको सचिवालयले जनाएको छ ।
जेठ १३ गतेदेखि संसद अवरोध भएका कारण बजेटमाथिको छलफल समेतको कार्यतालिका प्रभावित बनेको छ ।
शुक्रवार नेकपा माओवादी केन्द्रले सत्तारुढ दलसँग दुई बुँदे सहमति गरेपनि राष्ट्रिय स्वतन्त्र पार्टी र राष्ट्रिय प्रजातन्त्र पार्टी भने विरोधमा नै छन् ।
भिजिट भिसा प्रकरणमा गृहमन्त्रीले राजनीनामा दिनुपर्ने र छानबिन समिति बनाउनुपर्ने उनीहरुको माग छ ।






































