वि.सं.२०८१ चैत ११ सोमवार

ललितपुरका प्रमुख जिल्ला अधिकारी निरौलालाई कोरोना संक्रमण पुष्टि

काठमाडौं । ललितपुरका प्रमुख जिल्ला अधिकारी ढुण्डीप्रसाद निरौलालाई कोरोना संक्रमण पुष्टि भएको छ ।

तीन दिनअघि स्टार अस्पतालमा गरिएको पीसीआर परीक्षणमा आफ्नो रिपोर्ट पोजेटिभ आएको उनले जानकारी दिए ।

प्रजिअ निरौलाले भने अहिले मेरो स्वास्थ्य अवस्था सामान्य नै छ । जिल्ला प्रशासन कार्यालयकै क्वाटर आइसोलेसनमा बसेर प्रविधिको प्रयोग गरी महामारीविरुद्धको अभियानमा सक्रिय छु ।